झापा, माघ ३ । सरकारले १६ वर्ष उमेर माथिका सबै नागरिकलाई चैतसम्म खोप लगाइसक्ने भएको छ ।

ओमिक्रोन संक्रमण नियन्त्रण र रोकथामकालागि आदेश जारी गर्दै सरकारले घुम्ती खोप सेवामार्फत आगामी चैत मसान्तभित्र १६ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने जनाइएको छ । १६ वर्ष माथिका उमेर समूहका सबै व्यक्तिलाई खोप केन्द्र वा घुम्ती (मोबाइल) खोप केन्द्रमार्फत २०७८ चैत मसान्तसम्म पूर्ण मात्रामा खोप लगाइसकिनेछ , जारी आदेशमा भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कुल जनसंख्याको ३९.९ प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाएका छन् । त्यस्तै ५२.१ प्रतिशत मानिसले पहिलो मात्रा खोप लगाएका छन् । नेपालमा हालसम्म झन्डै साढे चार करोड डोज खोप भित्रिएको छ । जसमा २ करोड ८० लाख डोज लगाइसकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्