बिर्तामोड , माघ ५ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट लागूऔषध गाँजा र साईकलसहित २जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बराहक्षेत्र–३ का २८ बर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका–१ का ३२ बर्षीय नबहाङ किराती राई रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आरटी टोलीले मंगलवार राति चेकजाँचको क्रममा उनीहरुबाट ६ केजी लागूऔषध गाँजा र २वटा साईकलसहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान समेत भईरहेको छ ।