बिर्तामोड, माघ ५ । झापाको अर्जुनधारा नगरपालिकामा ट्रयाक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो १२ः०० बजे अर्जुनधारा नगरपालिका–५ ओम चोकको भित्री सडकमा चारपानेबाट शनिश्चरेतर्फ जादै गरेको प्र–१–०२–००३ त २१०९ नम्बरको ट्रयाक्टरमा सवार अर्जुनधारा १ बस्ने १४ बर्षीय पुनित दासको ट्रयाक्टरबाट लडि पछाडिको ट्रलीको दाहिने पट्टिको टायरले छातीमा किच्दा घटनास्थलमै मृत्यु भएको हो । सोही ट्रयाक्टर चालक अर्जुनधारा १ बस्ने २२ बर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्