भद्रपुर , माघ ५ । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरले एक साताका लागि सेवा बन्द गरेको छ ।

कार्यालयका निमित्त प्रमुख दिपेन्द्र खत्रीले आज एक सूचना जारी गरी भोलिदेखि माघ १२ गतेसम्मका लागि सेवा प्रवाह स्थगन गरिएको जनाएका हुन् । सेवाग्राही , कर्मचारी , लेखापढी व्यवसायी र अन्य सरोकारवालाको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनीकरणका लागि कार्यालय बन्द गर्नुपरेको सूचनामा जनाइएको छ ।

मालपोत कार्यालयका दुईजना कर्मचारी संक्रमित भएका छन् भने प्रायः सबै कर्मचारीलाई कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको निमित्त कार्यालय प्रमुख खत्रीले बताए ।