हल्दिबारी , माघ ६ । जनजागृति माध्यमिक विद्यालयका शिक्षकसहित गोलधापका २१ जनालाई कोरोना संक्रमण देखिएपछि हल्दिबारी १ नं वडा कार्यालयले लकडाउन घोषणा गरेको छ ।

बुधबार गोलधाप स्वास्थ्य चौकीमा ६० जनाको परीक्षण गर्दा १३ पुरुष र ८ महिला गरी २१ जनालाई संक्रमण पुष्टि भएको थियो । त्यसमा जनजागृति माविका ६ जना शिक्षक रहेका छन् । आज बसेको हल्दिबारी गाउँपालिका वडा नं १ को कारोना रोकथाम नियन्त्रण समिति र सर्वदलीय बैठकले आजदेखि अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि लकडाउन घोषणा गरेको हो । वडाध्यक्ष त्रिलोचन सापकोटाले जारी गरेको सूचनामा आजदेखि अत्याबश्यक कामबाहेक हिडडुल गर्न रोक लगाउने ,साप्ताहिक हाटबजार पूर्णरुपमा बन्द गर्ने,स्थानीय व्यवसाय तथा वित्तीय कारोबारहरु स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा अपनाई सेवा प्रदान गर्ने , ओमिक्रोनको लक्षण हुने र संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङमा पर्नेहरुले प्रत्येक हप्ताको शुक्रबार गोलधाप स्वास्थ्य चौकीमा गई एन्टीजेन टेष्ट गराउने निर्णय गरिएको उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्