राजगढ, माघ ६ । झापाको बाह्रदशी गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी उपशाखालाई एम्बुलेन्स उपलब्ध गराएको छ ।

गाउँपालिकाले ११ लाख रुपैयाँमा सो एम्बुलेन्स खरिद गरेको थियो । खरिद गरिएको एम्बुलेन्सको चाबी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाललाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिका अध्यक्ष राजवंशीले हस्तान्तरण गरेको एम्बुलेन्सको चावी सभापति ढकालले उपशाखाका सभापति दयानन्द गोस्वामीलाई प्रदान गरेका छन् । उपशाखा सभापति गोस्वामीलाई चावी हस्तान्तरण गरेसंगै अब बाह्रदशी रेडक्रसमा पनि एम्बुलेन्स सेवा उपलब्ध भएको छ ।
बाह्रदशी गाउँपालिकाका अध्यक्ष राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रसका जिल्ला सभापति ढकाल, उपशाखा सभापति गोस्वामीलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्