झापा , माघ ६ । बहुविवाह मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक वडा नं. १ का ३३ वर्षिय सुनिल माझी रहेका छन् । झापा जिल्ला अदालतको २०७२ असार ३० गतेको फैसला बमोजिम बहुविवाह मुद्धामा उनलाई एक बर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

हालसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरको टोलीको समन्वयमा धरान –११ पानीटंकीबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार पठाइने डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्