विराटनगर, माघ ६ । मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रदेश नं. १ विभिन्न विधाको शिक्षामा अव्वल बन्दै गएको छ ।

यस प्रदेशमा व्यवस्थापन, मानविकी, कृषि, विज्ञान, ईञ्जिनियरिङ तथा चिकित्सा शास्त्रको विभिन्न तहमा उच्चस्तरीय शिक्षाको अध्यापन भईरहेको छ ।
विभिन्न शिक्षामध्ये ईञ्जिनियरिङ शिक्षामा पनि यो प्रदेशले छलाङ मारेको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयका आंगिक तथा निजी कलेजहरुले शिक्षा प्रदान गर्दै आएका छन् । ईञ्जिनियरिङ शिक्षा प्रदान गर्दै आएका कलेजहरुमध्ये एक उत्कृष्ट कलेज बन्दै गएको छ इष्टर्न कलेज अफ ईञ्जिनियरिङ ।
सन् २००० मा स्थापना भई शिक्षा दिंदै आएको यस इष्टर्न कलेज अफ इन्जिनियरिङले पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त गरेको तथा आई एस ओ ९००१ः२००० सर्टिफाइड पूर्वाञ्चलकै एक उत्कृष्ट कलेजको रुपमा स्थापित रहेको संचालक प्रकाश मुन्दडाले बताए ।

बिराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङ अहिले पूर्वमा इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीका लागि रोजाइमा पर्दै गएको छ । कलेजमा बीई सिभिल, बीई कम्प्युटर र बीई इलेक्ट्रोनिक्स तथा कम्यूनिकेशनको कोर्षको लागि नेपालभरिबाट भर्ना हुने बिद्यार्थीको संख्या बढिरहेको कलेजले जनाएको छ ।
दक्ष तथा अनुभवी प्राध्यापक, आवश्यक ईञ्जिनियरिङ प्रयोगशाला, कुशल व्यवस्थापन, अध्ययन अध्यापन तथा अनुसन्धानको उत्कृष्ट वातावरण र अनुशासित विद्यार्थीहरु यस कलेजको गहना भएको प्राचार्य ईन्जिनियर अमित सुरानाले बताए ।
दुई दशक लामो अनुभव रहेको यस कलेजवाट उत्पादित जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कुशल अभियन्ताको रुपमा कार्यरत रहेको जनाइएको छ