इलाम , माघ ६ । असिनाले इलामको कन्याम सेताम्मे भएको छ ।

पर्यटकीय क्षेत्र हर्कटे , कन्याम, चियाबारीलगायतका क्षेत्रहरु बिहीबार असिनाले सेताम्मे भएका हुन् । बर्षौपछि त्यस क्षेत्रमा असिना परेको स्थानीयले बताएका छन् । त्यस्तै इलामको सन्दकपुर, जौबारीसहितका क्षेत्रमा हिमपात भएको छ । ती क्षेत्रमा हिमपातसंगै असिना समेत परेको छ । हिउँ परेपछि पर्यटकहरु उक्त क्षेत्रमा हिउँ खेल्न पुगेका छन् ।असिना र हिमपातपछि इलाममा चिसो बढेको छ ।




