झापा , माघ ७ । कोरोना रोग विरुद्ध खोप लगाउनेको संख्या इलाममा ७५ प्रतिशत पुगेको छ ।

सरकारले कारोना रोग नियन्त्रणका लागि खोप लगाउन प्राथमिकता दिएपछि खोप लगाउने संख्या बढेको हो । अनुदान र खरिदबाट संघीय सरकारले स्वास्थ्य कार्यालय इलाममा प्राप्त खोप नियमित रुपमा लगाउँदै आएको छ । इलाममा १२ वर्षदेखि माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाउने काम सकिएको हो । स्वास्थ्य कार्यालयले १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई पुष १० बाट २० गतेसम्म खोप अभियान चलाएसँगै खोप लगाउने नागरिकको संख्यामा वृद्धि आएको हो । इलाममा दुबै खोप लगाउने नागरिकको संख्या ५० प्रतिशत पुगेको स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य साक्यले बताए ।
१८ वर्षदेखि माथि पोहिलो डोज लगाउनेको संख्या एक लाख ५१ हजार ७ सय ८९ रहेको छ । दोस्रो डोज लगाउने नागरिकमा १ लाख ३ हजार ७ सय ८८ नागरिक रहेका छन् । इलाममा कोविसिल्ड, भेरोसिल्ड, जोन्सन र एष्ट्राजेनकी खोप लगाउँदै आएको छ । कोबिसिल्ड पोहिलो डोज लगाउने नागरिक १९ हजार २ सय २० रहेकोमा दुवैडोज लगाउनेमा १६ हजार ९ सय ९६ रहेको छ । त्यस्तै भेरोसिल्ड खोप लगाउनेको नागरिक ५५ हजार १ सय ७७ रहेकोमा दोस्रो डोज ५० हजार २ सय ४५ जनाले लगाएका छन् । १ डोज मात्रै लगाउन मिल्ने जोन्सन एण्ड जोन्सनको खोप १६ हजार ३४ जना रहेको छ । स्वास्थ्य कार्यालयका अनुसार एष्ट्राजेनीक खोपको पोहिलो मात्रा लगाउने नागरिक ७७ हजार ३ सय ८२ रहेकोमा दुवै डोज लगाउनेमा २२ हजार ५ सय १३ रहेको छ ।
१२ देखि १७ वर्ष उमेर समुहका विद्यार्थीलाई पोहिलो डोज लगाइएकोमा दोस्रो डोज माघ १० बाट १७ गतेसम्म खोप अभियान संचालन हुनेछ । ३२ हजार इलामका विद्यार्थीलाई पोहिलो डोज खोप लागउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयले २४ हजार २ सय २४ जनाले खोप लगाएका छन् । विद्यार्थीले खोपको दोस्रो मात्रा लगाउँदा सबै नागरिकलाई बुस्टर जोड पनि लगाउने कार्यालयको योजना छ । ८१ खोप केन्द्रबाट मात्रै खोप लगाइएको इलाममा अब पुरै खोप केन्द्रबाट खोप लगाउने स्वास्थ्य कार्यालयको तयारी छ । खोप लगाउन छुटेका नागरिकहरुलाई प्रत्यके बिहिबार जिल्ला अस्पतालबाट खोप लगाइँदै आएको छ ।