बिर्तामोड , माघ ७ । मोरङको रतुवामाई नगरपालिका-९ मा पानी तान्ने ट्युवेलमा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्व रुकुम घुमे गाउँपालिका-७ का २५ बर्षीय मदन श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे रतुवामाई-९ बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउँदा करेन्ट लागेर घाईते भएका थिए । उनलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।