बिर्तामोड , माघ ७ । आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले कन्काई ४ स्थित मुसहर बस्तीका १५ परिवारलाई जाडोबाट बच्न ब्लाङ्केट वितरण गरेको छ ।

आफ्ना भुतपूर्व विधार्थी स्व. हेमकुमारी महतको एक वर्षको वार्षिक पुण्यतिथिमा विपन्न मुसहर परिवारलाई ब्लाङ्केट वितरण गरेको हो ।

स्वर्गीय हेमकुमारीका बुवाको बाहुलीबाट मुसहर बस्तीमा ब्लाङ्केट तथा न्यानो लुगा वितरण गरिएको थियो । कार्यक्रममा आदर्श स्कुलका शिक्षक , विधार्थी तथा सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तरगत सो कार्यक्रम गरेको कलेजका तालिम संयोजक दीपक दासले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्