झापा, माघ ७ । गायक तथा संगीतकार बिरेन रसाइलीको नयाँ सांगीतिक गजल ‘तिम्रो याद’को भिडियो सार्वजनिक भएको छ ।

विगत एक दशकदेखि गायन तथा संगीतकर्ममा सक्रिय अमेरिकाको पेन्सलभेनिया निवासी रसाइली अब्बल गायक हुन् ।

‘खुसी’, ‘उमङ्ग ’ जस्ता दर्जनौ हिट गीत दिईसकेका गायक रसाईलीको यो नयाँ ‘तिम्रो याद ’ एल्बममा छ वटा सांगीतिक गजल रहेका छन् ।यसमा वर्तमान समयका शक्तिशाली गजलकार दिलिप घिमिरेकोे एकल शब्द सृजना र गायक रसाईलीको एकल स्वरका साथै विभिन्न चर्चित अन्य संगीतकारहरुको संगीत समावेश गरिएको छ । जसमध्ये भोक प्यास संगीत टीका प्रसाईं ,बिछोडको अन्तिम पत्र संगीत बिरेन रसाइली ,जुनको सेखी त्यसै झर्छ संगीत कर्म ग्याल्चन, फूलसगैं रहोस् सुवास संगीत सिडि बिजय अधिकारी ,केका लागि सिउँदो संगीत किरण गजमेरको रहेको छ ।
गीति एल्बम ‘तिम्रो याद’ का अन्य गीतहरु अब चाडैं नै सांगीतिक बजारमा ल्याउने गायक रसाईलीले बताए ।
कवाली शैलीको यो एल्बमको शिर्ष गीत तिम्रो यादमा भने द भ्वाइस अफ नेपालका प्रथम बिजेता संगीतकार सिडि बिजय अधिकारीको संगीत सृजना रहेको छ ।

जाडोको सिजन शुरु भएसँगै सांगीतिक माहोल नै तताउने खालको भिडियो रहेकोले यो गीतले दर्शक श्रोताको मन छुनेमा आफू विश्वस्त रहेको गीतकार दिलिप घिमिरे बताउँछन् ।
भिडियोमा राजदरबारभित्रको प्रेमकथालाई पछिल्लो पुस्ताका चर्चित मोडलहरु जीवन भट्टराई ,अञ्जना दुवाडी र अमिषा सुवेदीको बेजोड अभिनय हेर्न सकिन्छ । तिम्रो यादको भिडियोमा जीवन र अञ्जनाले जीवन्त अभिनय पस्केका छन् ।उनीहरू राजा र रानीको अभिनयमा खुलेका पनि छन् ।काठमाडौँको बुढानिलकण्ठस्थित ताज महलमा छायांकन गरिएको भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश धितालले गरेका हुन् ।

देबेन्द्र नेवाको एरेन्ज रहेको गीतमा सन्तोष राजबहकको कोरियोग्राफी रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् भने निर्माणकर्ताद्वय रनमाया रसाइली र कुसुम न्यौपाने हुन् ।ओएसआर डिजिटल युट्युव च्यानलमार्फत यो भिडियो सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्