बिर्तामोड , माघ ८ । बाल गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल किड्स’ का प्रथम बिजेता जेनिश उप्रेतीलाई झापामा स्वागत सम्मान गरिएको छ ।

बिर्तामोड घर भएका जेनिशलाई स्थानीय संघसंस्था, बिद्यालय परिवार र शुभचिन्तकले झापाको बिर्तामोड, मेचीनगर, बुद्धशान्ति,अर्जुनधारालगायतका ठाउँमा परिक्रमा गराई खुशीयाली मनाएका हुन् । जेनिश अध्ययनरत बिर्तामोड २ स्थित फनमिन नवोदय शिक्षा सदन र उनले संगीत सकेको सरगम संगीतालयले बिर्तामोडमा एक कार्यक्रम गरी स्वागत सम्मान गरेका थिए । काठमाण्डौमा भएको कार्यक्रममा ८ प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशले ‘द भ्वाइस अफ नेपाल किड्स’को उपाधि जितेका थिए।

उपाधिसँगै जेनिशले ‘द भ्वाइस अफ नेपाल किड्स’को ट्रफी, १५ लाखको चेक र विभिन्न गिफ्ट ह्याम्पर पाएका छन् । सो प्रतियोगितामा झापाका जेनिश उप्रेती ,रूक्शना लिम्बु,अनुजा कडरिया,बाजुराका सुप्रिम गुरूङ सुसमी मल्ल ठकुरी र काठमाण्डौकी पासाङ डिक्की शेर्पा, दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई फाइनलमा पुगेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्