भद्रपुर, माघ ८ । स्थापनाको ११ औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रगत दान गरेका छन् ।

सहकारीका सचिव द्रोण अधिकारीले रगत दिएर उद्घाटन गरेको कार्यक्रममा दुई महिलासहित २२ जनाले रक्तदान गरेका थिए ।

संस्थाका अध्यक्ष अरूण बस्नेतको नेतृत्व रहेको कार्यक्रम रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । अध्यक्ष बस्नेतका अनुसार झापामा देखिएको रगत अभाव घटाउन सानो योगदानस्वरूप सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम गरिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्