बिर्तामोड, माघ ८ । नेपाल दशनामी समाज झापाको पद हस्तान्तरण तथा बिर्तामोड नगर समितिको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

समाजको बुट्टाबारीस्थित भवनमा शनिवार समाजको पद हस्तान्तरण तथा बिर्तामोड नगर समितिका पदाधिकारी तथा सल्लाहकारलाई प्रमाणपत्र वितरण गरिएको हो ।समाजका झापा अध्यक्ष खिलबहादुर गिरी (राजु) को अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा समाजका केन्द्रीय संरक्षक हर्कलाल गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष खिलबहादुरले सातांै जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष केदार गिरीसहित पदाधिकारीलाई समितिको माइन्यूट प्रदान गर्दै पद हस्तान्तरण गरेका थिए ।

केन्द्रीय संरक्षक भरतलाल गिरीको बिशिष्ट आतिथ्य रहेको कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष डम्बर बन, केन्द्रीय सदस्य केदारप्रसाद गिरी, लवकुश गिरी, समाज प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरी, समाजकी झापा महिला अध्यक्ष पार्वता गिरी, सहिद पिता केदारसम्शेर गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । बरिष्ठ उपाध्यक्ष एलबहादुर गिरीले स्वागत मन्तव्य गरेको कार्यक्रमको सञ्चालन सचिव शिवकुमार गिरीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्