बिर्तामोड , माघ ८ । बिर्तामोड नगरपालिका–१० स्थित गौरव टोलमा रहेको शिवालय मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा सुशीला भट्टराई चयन भएकी छन्।

मन्दिरको साधारणसभाले सुशीलालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
त्यस्तै उपाध्यक्षमा कृष्णप्रसाद बराल, सचिव पुण्यप्रसाद गौतम, सहसचिव इच्छा भण्डारी र कोषाध्यक्षमा कमल बुढाथोकी चयन भएका छन्।

त्यसैगरी समितिको सदस्यमा नन्दकुमार खड्का, मेनुका चुडाल,राधिका थापा, यज्ञबहादुर थापा रहेका छन्। त्यस्तै धर्मराज भण्डारी, लक्ष्मण भण्डारी र मदनबहादुर बस्नेत रहेको तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको पूर्व सल्लाहकार सदस्य राम भण्डारीले जानकारी दिए।
सुशीला भट्टराईको अध्यक्षमा सम्पन्न कार्यक्रममा धर्मराज भण्डारी,यज्ञराज थापा, कृष्णप्रसाद बराललगायतले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव पुण्यप्रसाद गौतमले गरेका थिए।

स्थानीय श्यामबहादुर भण्डारीले प्रदान गरेको १०धुर जग्गामा निर्मित शिवालय मन्दिरको स्थापना २०५४ सालमा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्