बिर्तामोड , माघ ८ । कोरोना संक्रमण तीब्ररुपमा फैलिएसंगै धेरै स्वास्थ्यकर्मीहरु संक्रमित भएका छन् ।

सरकारी स्वास्थ्य संस्थासंगै निजी अस्पतालका स्वास्थ्यकर्मीहरु पनि संक्रमित भएका हुन् । धेरै स्वास्थ्यकर्मी एकैचोटी विरामी पर्दा अस्पताल संचालनमा समस्या आएको छ ।

बिर्तासिटी हस्पिटलमा १२ जना स्वास्थ्यकर्मी संक्रमित भएको अस्पताल प्रशासक विनोद बस्नेतले बताए । उनले एकैपटक त्यति धेरै स्वास्थ्यकर्मी संक्रमित हुँदा उपचार सेवामा समस्या आएको जानकारी दिए ।

त्यस्तै बिएण्डसी हस्पिटलका पनि १२ जना स्वास्थ्यकर्मी संक्रमित भएको जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । बिर्तामोडका अन्य अस्पतालका स्वास्थ्यकर्मीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । बिर्तामोड नगरपालिकाका ६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको सिनियर अहेब दीपक सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्