मेचीनगर , माघ ८ । कोचिला एकता जागरणको मेचीनगर उपसमिति गठन भएको छ ।

राजुकमार राजवंशीको अध्यक्षतामा १७ सदस्यीय मेचीनगर उपसमिति गठन भएको हो । जसको उपाध्यक्षमा रितु राजवंशी,सचिव कृष्ण राजवंशी,सहसचिव बासुदेब राजवंशी र कोषाध्यक्षमा संगीता राजवंशी रहेका छन् । त्यस्तै सदस्यहरुमा धनराज राजवंशी,बब्लु राजवंशी ,रबिनाथ राजवंशी ,माधव राजवंशी, रबि राजवंशी,केशब राजवंशी,बुधारु राजवंशी,चिरन्जित राजवंशी,विश्वजीत राजवंशी,रोणित राजवंशी,अर्जुन राजवंशीलगायत रहेका छन् ।
केन्द्रीय समितिका अध्यक्ष हंसनारायण राजवंशीको प्रमुख आतिथ्य, अर्जुन राजवंशीको बिशेष आतिथ्यमा भएको कार्यक्रममा मणिकुमार राजवंशी, राजकुमार राजवंशीलगायतको उपस्थिति रहेको थियो । केन्द्रीय सल्लाहकार समिति सदस्य तुलसी राजवंशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन केन्द्रीय सचिव बिशाल राजवंशीले गरेका थिए ।