झापा , माघ ९ । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल( डिन) झापाको अध्यक्षमा सडकलाल राजवंशी निर्वाचित भएका छन् ।

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल( डिन) जिल्ला कार्यसमिति झापाको हिजो सम्पन्न १६ औं जिल्ला अधिवेशनबाट बिर्तामोड नगरपालिकाका प्राविधिक राजवंशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा हिरण्य राई , सचिव विपिन रेग्मी , सहसचिव मंगेश नेपाली र कोषाध्यक्षमा ओमप्रकाश राई रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कुलानन्द चौधरी , डम्बरकुमारी थापा , विष्णु आङ्देम्बे , डम्बरबहादुर श्रेष्ठ , दिपेन गिरी र अनिता कटुवाल चयन भएका छन् । १३ सदस्यीय समितिमा एकजना मनोनयन गरिने अध्यक्ष राजवंशीले बताए ।

डिनका जिल्ला अध्यक्ष कारी महत्तोको अध्यक्षता , डिनका केन्द्रीय उपाध्यक्ष तथा १ नं. प्रदेश संयोजक रामसुवरण चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । डिनका केन्द्रीय सचिव उत्तमनारायण खरेलको विशेष आतिथ्य रहेको कार्यक्रममा इन्जिनियरहरु कमलप्रसाद कोइराला , अमृतकुमार दाहाललगायतको आतिथ्यता रहेको थियो । जिल्ला अध्यक्ष महत्तोले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष विपिन रेग्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको संचालन सचिव शम्भु मालीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्