बिर्तामोड, माघ ९ । बिर्तामोडको पश्चिम बस स्टेन्डमा प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

आइतबार विहान पौने ६ बजे स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको अनुरोधमा नेपाली सेनाको चारआलीस्थित नयाँ श्रीनाथ गणबाट बम डिस्पोजल टोलीले २ सय मिटर पर लगेर डिस्पोज गरेको छ ।
गणका प्रमुख सेनानी अमरजंग थापाले प्रेसरकुकरमा बिस्फोटक पदार्थ नभेटिएको बताउँदै तर्साउनलाई तारहरु जोडेर राखेको जस्तो मात्र भेटिएको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले प्रेसरकुकरभित्र ‘होक्स’ राखिएको जानकारी दिए । उनका अनुसार शंकास्पद वस्तु भेटिएको ठाउँमा हिमाल सुरक्षा परिषद नेपालको पर्चा भेटिएको छ ।