बिर्तामोड, माघ १० । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले मूल्यवृद्धिबिरुद्ध झापाको बिर्तामोडमा हस्ताक्षर अभियान शुरु गरेको छ ।
अनेरास्ववियु झापाले आइतवार बिर्तामोडस्थित मुक्तिचौकमा निरन्तर अस्वाभाविक रुपमा भइरहेको मूल्यबृद्धिविरुद्ध हस्ताक्षर संकलन अभियान शुरु गरेको जिल्ला कमिटी अध्यक्ष रोशन लामाले बताए । संगठनले मूल्यवृद्धि फिर्ता लिन दवावमूलक विभिन्न रचनात्मक आन्दोलन गर्दै आएको छ ।कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सचिव मनोज ताम्ली, पार्टी जिल्ला सदस्य टिका मंग्रान्ति समेतको उपस्थिति रहेको थियो । संगठनले कोरोना महामारीलाई मध्यनजर गर्दै मास्क वितरण कार्यक्रमसमेत गरेको थियो ।