लक्ष्मीपुर, माघ १० । झापाको एक परिवारमा श्रीमानको मृत्यु भएको ११ औं दिनमा श्रीमतीको निधन भएको छ ।

बिर्तामोड नगरपालिका –२ स्थित चारपानेमा श्रीमान् अम्वरबहादुर गिरीको निधन भएको ११ औं दिनमा श्रीमती मधुमाया गिरीको निधन भएको हो । नेपाल दशनामी समाजका ज्येष्ठ सदस्य समाजसेवी गिरीको गत पुष २९ गते ८५ बर्षको उमेरमा निधन भएको थियो भने श्रीमती मधुमाया गिरीको ८४ बर्षको उमेरमा आइतवार साँझ ८ बजे आफ्नै निवास चारपानेमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्व. मधुमायाको आज विहान १० बजे कनकाई माईस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । छोरा एकराज र हेमराज गिरीलाई बुबाको काम सकिन नपाउँदै आमाको निधनले ब्रजपात परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्