झापा , माघ १० । मोरङको बिराटनगर महानगरपालिका १९ घर भई जहदा गाउँपालिका–३ जयरामपुरमा बस्ने ४० बर्षीय अशोक ऋषिदेवको पानीमा डुबि मृत्यु भएको छ ।

आज बिहान पौने ८ बजे कटहरी गाँउपालिका–३ मा रहेको नहरको पानीमा डुबेर उनको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय बिराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्