झापा,माघ १० । मोरङको रतुवामाई नगरपालिका–८ डाँडागाउँका ४५ बर्षीय कृष्ण राई लागूऔषध गाँजासहीत पक्राउ परेका छन् ।

हीजो दिउसो पौने १ बजे बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा कोठा भित्र लुकाई छिपाई राखेको ५ के.जि. ३९० ग्राम लागूऔषध गाँजा प्रहरी टोलीले बरामद गरेको हो । बरामद गरीएको गाँजा र राईलाई ईलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्