भद्रपुर, माघ १० । भद्रपुरस्थित विनेश स्मृति जेसीज सचिवालय भवनको नवनिर्मित पहिलो तलाको उद्घाटन गरिएको छ ।

भद्रपुर जेसीजका अध्यक्ष खिलनाथ पाण्डे ’निकास’को अध्यक्षता एवं भद्रपुर नगरपालिका नगर प्रमुख तथा मानार्थ सदस्य जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भद्रपुर – ८ सुकिर्तिनगरको जेसीज सचिवालय भवनको थप तलाको उद्घाटन गरिएको हो ।
भद्रपुर नगरपालिकाबाट प्राप्त १० लाख, भद्रपुर जेसीज उपभोक्ता समितिबाट २ लाख र बिभिन्न व्यक्ति तथा संस्थाको सहयोग समेत गरी १५ लाख रूपैयाँमा तला थप गरिएको भद्रपुर जेसीजका कोषाध्यक्ष युवराज न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठसहित उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर जेसीजका पूर्व अध्यक्षहरू लोकनाथ भट्टराई ,अभिषेक ढुङ्गाना, प्रकाश भण्डारी र भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेलले शुभकामना मन्तव्य राखेका थिए ।
भद्रपुर जेसीजका महासचिव मनोज भट्टराईले संचालन गरेको कार्यक्रममा निर्माण संयोजक भद्रपुर जेसीजका कानुनी सल्लाहकार टिकाराम पाण्डेले धन्यवाद ज्ञापन गरेका थिए