बिर्तामोड , माघ १२ । बिर्तामोड नगरपालिकाका करिब एक दर्जन जनप्रतिनिधि संक्रमित भएका छन् ।

नगर प्रमुख ध्रुवकुमार शिवाकोटीसहितका जनप्रतिनिधिहरुमा संक्रमण देखिएको हो । बिर्तामोड १ नं वडा कार्यालयका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीमा संक्रमण देखिएपछि कामकाज ठप्प छ । वडाध्यक्ष अग्नीप्रसाद पाण्डे , वडा सदस्यहरु यमुना आचार्य , कमला महरा , टीका संग्रौलासंगै वडा सचिव टीका अधिकारी , कर्मचारीहरु शारदा घिमिरे , थर्कमान भट्टराई , डीना काफ्ले संक्रमित भएका छन् । त्यस्तै वडा नं २ का वडा सदस्यहरु किशोर पौडेल , निता घतानी , तारा भट्टराई , वडा नं ५ का हर्कमाया विक , भावना आचार्यलगायतका जनप्रतिनिधि संक्रमित भएका छन् ।

त्यसैगरी नगरपालिकाका १० जना स्वास्थ्यकर्मी र ६ जना कर्मचारी समेत संक्रमित भएको सिनियर अहेव दीपक सापकोटाले जानकारी दिए । यसैबीच पछिल्लो २४ घण्टामा झापामा १७९ जना नयाँ संक्रमित थपिएका छन् । थपिनेमा ७८ महिला र १०१ जना पुरुष रहेका छन् । मंगलबारसम्म झापामा सक्रिय संक्रमितको संख्या १७३२ पुगेको छ । त्यसमध्ये ३५ जना अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्