दमक , माघ १२ । जंगली हात्तीको आक्रमणबाट झापाको दमक–३ मा एक वृद्धको मृत्यु भएको छ ।
गएराति ९.१५ बजे दमक–३ गोलाटारका ६३ वर्षीय गणेशप्रसाद अधिकारीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । दमक ३ रणध्वज चौकस्थित हुम्सेदुम्से सामुदायिक बनबाट आएको जंगली हात्तीले मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई आक्रमण गरेको थियोे । आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको छ ।
थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर कानुनी प्रकृया पुरा गरी लाश पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।