इलाम , माघ १३ । आज बिहान ६ बजे इलामको रोङ गाउँपालिका ४ पहिरोमा पिकअप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् ।

झापाबाट इलाम आउँदै गरेको प्र.१०१००१ च ७९१६ नम्बरको पिकअप अनियन्त्रित भएर दुर्घटना भएको हो । पिकअप आफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको जनाइएको छ ।

दुर्घटनामा झापा मेचीनगर ४ बाहुनडाँगीका ५८ बर्षीय रमेश थापा र सोही ठाउँका ४० बर्षीय सूर्य थापाको मृत्यु भएको हो । दुर्घटनामा सवारी चालक अर्जुन कोइराला समेत घाईते भएका छन् । बाहुनडाँगीकै घाईते कोइरालाको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भैरहेको प्रहरी चौकी जोरकलसले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्