झापा, माघ १३ । बिर्तामोड नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको नवनिर्मित भवन उद्घाटन भएको छ ।
वडा नम्बर ४ स्थित नमूना टोलमा निर्माण गरिएको भवनको बिहीबार नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले उद्घाटन गरे । वडा नम्बर ४का वडाध्यक्ष कुलप्रसाद संग्रौला, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,कर्मचारी मेघराज वाँस्तोला,पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाललगायतको उपस्थितिमा भवन उद्घाटन गरिएको हो ।
महेन्द्र रत्न उच्च माध्यमिक विद्यालयको २ कठ्ठा जग्गामा शाखाको ५ कोठे भवन निर्माण गरिएको हो । भवन एक करोड रुपैयाँको अनुदान लागतमा नेपाल लाइभ स्टक इनोभेसन प्रोजेक्टले निर्माण गरिदिएको शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । पशुपंछी तथा मत्स्य विकास शाखाले बिहीबारदेखि नै आफ्नो सेवा नयाँ भवनबाट सुरु गरेको पशु प्राविधिक विष्णु भट्टराईले जानकारी दिए ।