झापा , माघ १३ । ओमिक्रोन भाइरसले झापामा थप एकजनाको मृत्यु भएको छ ।

पछिल्लो पटक कमल गाउँपालिका वडा नं १ की ४६ वर्षिया महिलाको ओमिक्रोनले मृत्यु भएको हो । बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा बुधबार राति ८.३० बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनलाई बुधबार नै एन्टीजेन विधिबाट संक्रमण पुष्टि भएको थियो । योसहित झापामा ओमिक्रोन संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६६२ पुगेको छ ।

यसैबीच पछिल्लो पटक झापामा ८८ जना नयाँ संक्रमित थपिएका छन् । थपिनेमा ३६ महिला र ५२ पुरुष रहेका छन् । बिहीबारसम्म झापामा सक्रिय संक्रमितको संख्या १९३२ पुगेको छ ।त्यसमध्ये ३१ जना अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्