झापा , माघ १७ । लालझाडी गाउँपालिका–२ कञ्जका २२ वर्र्षीय रामविलास रानाले बञ्चरो प्रहार गरी बुवाको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काका अनुसार रामविलासले आइतवार राति १० बजे करिब ४२ वर्र्षीय गन्नु रानाको हत्या गरेका हुन् । रामविलासलाई बञ्चरोसहित राति नै नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताए । ‘प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा रामविलासले बुुवा गन्नुको हत्या गरेको स्वीकार गरेका छन् ,’ उनले भने, ‘थप अनुसन्धानको कार्य भैरहेको छ । म्याद थप गर्नका लागि आज रामविलासलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराउँदै छौं।’ मृतकको शव परीक्षणका लागि कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको छ ।