झापा, माघ १७ । जंगली हात्तीको आक्रमणबाट मेचीनगर १३ चारआलीका एक बृद्धको मृत्यु भएको छ ।

आज विहान घरमै अन्न खान आएको हात्तीलाई खेदाउने क्रममा हात्तीले कुल्चिँदा ७१ बर्षीय खम्बासिंह कार्की गम्भीर घाइते भएका थिए । घाइते कार्कीलाई तत्काल उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । त्यस्तै पाँच दिन अघि मात्र जंगली हात्तीको आक्रमणबाट दमक नगरपालीका ३ निवासी ६३ बर्षीय गणेशबहादुर अधिकारीको समेत मुत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्