बिर्तामोड , माघ १८ । राष्ट्रिय सभा सदस्यमा निर्वाचित बिर्तामोड १ का गोपालकुमार बस्नेतलाई झापाका सामाजिक संस्था र नागरिक क्षेत्रबाट सम्मान गरिएको छ ।

शिक्षा , स्वास्थ्य , साहित्यलगायतका क्षेत्रमा दिएको योगदानको मूल्यांकन गर्दै बस्नेतलाई सामूहिक रुपमा सम्मान गरिएको हो । आज बिहान बिर्तामोडमा एक कार्यक्रम गरी जिल्लाका ३६ वटा सामाजिक संस्थाले उनलाई सम्मान प्रदान गरी बधाई दिएका थिए ।
सम्मान प्रदान गर्ने संस्थाहरुमा नेपाल जेसीज , नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, इलाम–झापा मैत्री समाज डेमोक्रेटिक लयर एशोसिएसन झापा , प्याब्सन झापा , एन. प्याव्सन झापा , राष्ट्रिय उपभोक्ता मंच झापा , नेपाल परिवार नियोजन संघ झापा , झापा गोल्डकप , नेपाल अलैची व्यवसायी महासंघ , चेम्बर अफ कमर्श झापा , सहारा नेपाल , सीके चिन्तन प्रतिष्ठान , नेपाल उद्यमशील महिला संघ , बिर्तामोड उद्योग बाणिज्य संघ , कन्काई उद्योग बाणिज्य संघ , साहित्य चौतारी बिर्तामोड , जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान , नेपाल रेडक्रस सोसाइटी बिर्तामोड , तुर्सा हेमरम स्मृति प्रतिष्ठान कन्काई ,लायन्स क्लब अफ बिर्तामोड , लायन्स क्लब अफ बिर्तामोड सिटी , रोटरी क्लब अफ बिर्तामोड , रोटरी क्लब अफ बिर्तामोड मिडटाउन , बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था , अर्जुनधारा जलेश्वर धाम अर्जुनधारा , वीरता जेसीज , वीरता लेडी जेसीज , छठ सेवा समिति , रोटरी क्लब अफ सुरुङ्गा , संवाद समूह र नबोल्ने बा स्मृति प्रतिष्ठान बुद्धशान्ति रहेका छन् ।
बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनिलकुमार भेट्वाल ,वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा ढकाल रिजाललगायतले सम्मानपत्र प्रदान गरेका थिए । तुर्सा हेमरम स्मृति प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सम्मानित व्यक्तित्व बस्नेतको जीवनी र योगदानसहितको सम्मानपत्र जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले वाचन गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का कुमार भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रको संचालन संचारकर्मी केशव भट्टराईले गरेका थिए ।