झापा , माघ १८ । झापामा कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन । पछिल्लो पाँच दिनमा जिल्लाका चार जना संक्रमितको मृत्यु भएको छ ।

माघ १३ गते १ जना , १४ गते १ जना , १५ गते १ जना र १७ गते १ जना संक्रमितको मृत्यु भएको हो । हिजो बिर्तामोडकी ७५ वर्षिया बृद्धाको मेची अस्पतालमा मृत्यु भएको हो । यसअघि माघ १५ गते बिर्तामोड ४ की ६६ वर्षिया महिलाको बिएण्डसी हस्पिटलमा मृत्यु भएको थियो । तेस्रो लहरमा ओमिक्रोन संक्रमणबाट झापामा १० जनाको मृत्यु भइसकेको छ भने हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ६६६ पुगेको छ ।

यसैबीच झापामा सक्रिय संक्रमितको संख्या २१०३ पुगेको छ । हिजो ५७ महिला र ५१ जना पुरुष थपिएका हुन् । हाल २७ जना संक्रमित अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्