झापा , माघ १८ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगले जेठ ४ गते एकैदिन निर्वाचन गर्नेसहितको ६ पृष्ठ लामो प्रस्ताव पेस गरेको हो।

२०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवं कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण गराएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्