झापा, माघ १८ । नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मुक्ति पौडेलले एमालेको पार्टी सदस्यता र प्रेस चौतारी दुवै परित्याग गरेका छन् ।

झापामा रहेर लामो समयदेखि पत्रकारितामा सक्रिय जनसंसद दैनिकका सम्पादक पौडेलले आज एक प्रेस वक्तब्य प्रकाशित गरी आजकै मितिदेखि नेकपा एमाले र प्रेस चौतारी दुवै परित्याग गरेको घोषणा गरेका हुन् ।

विगत दुई दशकदेखि नेकपा एमालेको संगठित सदस्य रहँदै विभिन्न जिम्मेवारी सम्हालिरहेका मेचीनगर–६ काँकरभिट्टा निवासी पौडेल २०६४ सालदेखि नेपाल कम्युनिष्ट पार्टी एमालेको संगठित सदस्य भई हालसम्म सक्रिय रहेका थिए । नेकपा एमालेले प्रजातान्त्रिक पद्धति एवं लोकतान्त्रिक विधि र नीतिको पालना नगरेको र ब्यक्तिवाद हावी भएका कारण एमाले पार्टीको सदस्य रहिरहन उपयुक्त नदेखिएकाले आजैका मितिबाट नेकपा एमालेको सदस्य एवं प्रेस चौतारीको केन्द्रीय सदस्य समेत नरहने पौडेलले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्