झापा , माघ १९ । सोनाम ल्होसार तामाङ समुदायले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । तामाङ समुदायमा सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरिन्छ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानकर्ता टीका शेर्पाले जानकारी दिए । सोनाम ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यसैबीच, राष्ट्रपति, प्रधानमन्त्रीलगायत राजनीतिक दलका शीर्ष नेताहरुले सोनाम ल्होसारका अवसरमा शुभकामना दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्