धनकुटा, माघ १९ । धनकुटा नगरपालिका–७ जिरोप्वाइन्टस्थित कोशी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मंगलबार साँझ धनकुटाको परिचयमोडबाट जिरोप्वाइन्टतर्फ जाँदै गरेको मे.१ ह ४४७४ नम्बरको अटो सडकको नालीमा पल्टिएको हो ।

दुर्घटनामा अटो चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ हात्तिखर्कका ६० वर्षीय लालबहादुर दर्लामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । छथर जोरपाटी घर भएपनि उनी जिरोप्वाइन्टमै बसेर अटो चलाउँदै आएको प्रहरीले जनाएको छ । गम्भीर घाइते मगरलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा पु¥याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्