बिर्तामोड , माघ १९ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोडबाट एकजना पक्राउ परेका छन् ।

हिजो साँझ ६ बजे बिर्तामोड ५ पञ्चकन्या चौकमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा बिर्तामोड ५ बस्ने २४ वर्षिय सुनिल लिम्बुलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २९ ग्राम ब्राउनसुगर, नगद दुई हजार र मोबाईल २ थान बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।