बिर्तामोड , माघ १९ । बिर्तामोड ६ बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहान १०.१० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. प्रदेश ०३–००–१ख२१४० नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१५प १७६५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर ८ बस्ने २७ वर्षिय बमबहादुर लेप्चा घाइते भएका थिए । उनलाई उपचारको बिएण्डसी अस्पताल ल्याइएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
दुर्घटनापछि ट्रक र ट्रक चालक मकवानपुर भिमफेदी २ का २९ वर्षिय सन्तोष निजार प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।