भद्रपुर, माघ १९ । प्रदेश सरकारद्वारा उपलव्ध २० थान मोटरसहितको ट्युवेल पाइप भद्रपुर ९ का कृषकहरुलाई प्रदान गरिएको छ ।

भद्रपुर ९ को वडा कार्यालय चन्द्रगढीमा बुधवार आयोजित संक्षिप्त कार्यक्रमका वीच भद्रपुर ९ का वडा सदस्य नुतन पौडेलको पहलमा भूमिगत जलस्रोत विकास समिति विराटनगरमार्फत उपलब्ध स्यालो ट्युवेल पाईप नेकपा एमाले जिल्ला कमिटी उपसचिव असारु राजवंशी, सदस्य पौडेल, वडा अध्यक्ष शनिलाल राजवंशीलगायतले कृषकहरुलाई प्रदान गरेका थिए ।

यही माघ १८ गते मात्र प्रदेश सरकारले समृद्ध मधेश सिंचाई बिशेष कार्यक्रमअन्तर्गत उपभोक्ता समूहमार्फत प्रदान गरेको थियो । ती ट्युवेल पाईपबाट ४ बिगाहको एक चक्ला बराबर १ सय विगाहभन्दा माथिको जमिन सिचाई गर्न मिल्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्