बिर्तामोड , माघ १९ । इलामका एक कोरोना संक्रमितको बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम नगरपालिकाकी २७ वर्षिया महिला रहेकी छन् । उनलाई पिसिआर परीक्षणबाट संक्रमण पुष्टि भएको थियो । झापामा निरन्तर कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । अहिलेसम्म झापामा कोरोना संक्रमणबाट ६६७ जनाको मृत्यु भएको छ । यसैबीच बुधबार झापाका ५१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा २५ महिला र २६ पुरुष रहेका छन् । बुधबारसम्म जिल्लामा २ हजार ७ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये ३१ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।