झापा , माघ २० । मेचीनगर ६ को बर्मेली टोलमा रहेको एसएस फुटवेयरमा आगलागी भएको छ ।

बिहान करिव ११.४० बजेदेखि सो जुत्ता फ्याक्ट्रीमा आगलागी शुरु भएको हो । आगलागीको कारण थाहा हुन सकेको छैन । श्याम खेताङले संचालन गरेको सो जुत्ता फ्याक्ट्रीमा आगलागी शुरू भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा टोली खटिएको छ । उक्त आगो नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीय, बिर्तामोडर भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा निभाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्