बिर्तामोड, माघ २० । झापाको बिर्तामोड नगरपालिका–४ ओमशान्ति टोलबाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ६ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड–५ का १८ बर्षीय अर्वाज खानलाई प्रतिवन्धित लागूऔषध ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्