झापा , माघ २१ । लगातार मृत्यु हुनेक्रममा झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ४ का ७५ वर्षिय बृद्ध रहेका छन् । एन्टीजेन टेष्टबाट संक्रमण पुष्टि भएका ती बृद्धको बिर्तासिटी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । केही दिनदेखि झापामा लगातार कोरोना संक्रमितको मृत्यु हुँदै आएको छ । झापामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६८ पुगेको छ ।

यसैबीच हिजो झापामा ३० महिला र ३३ पुरुष गरी ६३ जना नयाँ संक्रमित थपिएका छन् । बिहीबारसम्म जिल्लामा १८८१ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये २७ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालयका कोभिड पर्सन जीवन चांैलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्