मेचीनगर, माघ २१ । मेचीनगर ६ काँकरभिट्टाको बर्मेली टोलमा रहेको एसएस फुटवेयरमा भएको आगलागीमा साढे ९ करोड क्षति भएको दावी गरिएको छ ।

जुत्ता फ्याक्ट्रीका संचालकले सो दावी गरेका हुन् । घरसहित साढे ९ करोडको क्षति भएको दावी संचालकले गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । घर साढे २ करोड र तयारी सामान , कच्चा पदार्थ , नयाँ मेशिनरी सामान गरी त्यति क्षतिको दावी संचालकले गरेको डिएसपी पाठकले जानकारी दिए ।

मेचीनगर–६ का श्याम खेतानले संचालन गरेको सो जुत्ता फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी भएको थियो । आगो निभाउन नेपाल र भारतका ११ वटा दमकल खटिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्