भद्रपुर, माघ २१ । झापाको सदरमुकामलाई लक्षित गरेर समाजसेवाका विभिन्न गतिविधि गरिरहेको चन्द्रगढी सेवा समाजले स्थापनाको तेस्रो वर्ष प्रवेशको अवसर पारेर भद्रपुर १० स्थित धनुषमोड आसपास सरसफाई गरेको छ ।

सेवा समाजका उपाध्यक्ष नयाँनाथ पाण्डेको नेतृत्वको टोलीले मेची लोकमार्गको भद्रपुर १० स्थित सहिद चौकदेखि छाता चौकसम्मको एक किलोमिटर क्षेत्रमा सरसफाई गरेको हो ।

विगतका वर्षहरूमा विविध रचनात्मक कार्यहरू गरेर स्थापना दिवस मनाउँदै आएको समाजले यस वर्ष कोरोना संक्रमणका कारण सरसफाई कार्यक्रम मात्र आयोजना गर्नुपरेको कार्यक्रम संयोजन गरेका उपाध्यक्ष पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्