भद्रपुर, माघ २२ । हल्दिबारीस्थित उद्यमशील महिला संस्थालाई सिलाई मेशिन र मास्क वितरण गरिएको छ ।

भद्रपुर नगरपालिका–६ निवासी बालचन्द गोयलले आफ्नो ५० औं विवाह वर्षगाँठको अवसरमा उद्यमशील महिला संस्थालाई एक थान सिलाई मेशिन र ६ सय पिस मास्क वितरण गरेका हुन् । बालचन्द समाजसेवी तथा उद्योगी दिनबन्धु गोयलका दाजु हुन् ।
भद्रपुर मारवाडी संघको सहजीकरणमा संघको भवनमा शनिवार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच बालचन्द गोयलले सो सामान संस्थाकी अध्यक्ष टीका राउतलाई हस्तान्तरण गरेका थिए ।

संघका उपाध्यक्ष विनय गोयलको अध्यक्षतामा भएको कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष दीपक अग्रवाल, वालचन्द गोयललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महावीर मित्रुकाले गरेका थिए ।
त्यस्तै बालचन्द गोयलले भद्रपुरका १० वटै वडा कार्यालयलाई एक हजारको दरले १० हजार, भद्रपुर सामुदायिक प्रहरी सेवा केन्द्रलाई २ हजार, मेची पुलका प्रहरीलाई एक हजार र भारतीय एसएसबीलाई एक हजार मास्क समेत वितरण गरेको संघका पूर्व अध्यक्ष सुबोध कोठारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्