झापा , माघ २२ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना भारतीय पक्राउ परेका छन् ।

शनिबार दिउँसो ३.१० बजे मेचीनगर १५ मा प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल बिओपी ज्यामिरगढीबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाउँ बस्ने अन्दाजी २५ वर्षिय मोहम्मद सुल्तान र सोही ठाउँका अन्दाजी २७ वर्षिय रन्जित गणेशलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा सुल्तानको साथबाट १५ ग्राम ब्राउनसुगर बरामद गरी दुवैजनालाई आबश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्